सेयर मार्केट्स English edition सबै रिज्ल्ट हेर्नुस ट्रेन्डिङ + ताजा अपडेट + Skip to content आँखामा निलो जलाशय, मनमा अविस्मरणीय यात्रा जीवनशैली प्रमुख तिहारमा कागको पूजा किन गरिन्छ ? धार्मिक कारण के छ ? तिहार विशेष :घरमै बनाउन सकिन्छ, यस्ता मिष्ठान्न परिकार खुट्टा हल्लाउनु पनि कसरत : छुट्टै समय ननिकाली दिनभरि कसरी सक्रिय रहने ? के पेट र दिमागको सम्बन्ध टुट्दा डिप्रेसन हुन्छ ? चाडपर्वमा मोटोपन बढ्छ, कसरी नियन्त्रण गर्ने ? आकाशमा चील देख्दा किन डराउँथे पुर्खा ? मानिसका बच्चासमेत शिकार बन्ने त्यो समय कोकाकोलाबारे १६ रोचक तथ्य फौजदारी धरपकडमा आक्रामक : नियमसंगत कि नियतवश ? प्रदेश समाचार तिहार पर्व मर्यादित रूपमा मनाउन मुसिकोट नगरपालिकाको आग्रह अन्तर्राष्ट्रिय समाचार बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमा सूचना प्रविधि संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा सहरमा नवीन प्यासी अन्तर्वार्ता ‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’ हाम्रो नेपाल, राम्रो नेपाल कुमाख : प्राकृतिक सौन्दर्य, आस्था र पर्यटनको सम्भावना (तस्वीरहरू) सेयर मार्केट्स सबै रिज्ल्ट हेर्नुस चितवन राइनोज 2026 पोखरा एभेन्जर्स 2026 121/10(18.6) TU INTERNATIONAL CRICKET STADIUM Chitwan Rhinos won by 30 runs चितवन राइनोज 2026 पोखरा एभेन्जर्स 2026 121/10(18.6) न्यायिक स्वतन्त्रताका लागि काम गर्ने सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको प्रतिबद्धता २०८३ कात्तिक२१ गते १०:४३ २१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायिक स्वतन्त्रता, निष्पक्ष न्याय सम्पादन र न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शनिबार उनले न्यायिक स्वतन्त्रता, न्यायको गुणस्तर र न्यायिक अधिकारक्षेत्रको सीमालाई महत्त्व दिएका छन् । उनले न्याय सम्पादनका क्रममा तथ्य र प्रमाणको मूल्याङ्कन, निष्पक्ष सुनुवाइ, कारणयुक्त फैसला तथा नजिरको सुसङ्गत प्रयोगलाई प्राथमिकतामा राखेका छन् । ‘आफ्नो कार्यसम्पादनको नियमित समीक्षा तथा मूल्याङ्कन गर्नेछु । मुद्दा व्यवस्थापन र फैसला लेखनको समयबद्धतामा विशेष ध्यान दिनेछु,’ उनले कार्ययोजनामा भनेका छन्, ‘निर्णयको गुणस्तर, नजिरको प्रयोग र प्रक्रियागत निष्पक्षता सुनिश्चित गर्नेछु । लागू न्यायिक आचारसंहिताको पूर्ण पालना गर्नेछु ।’ उनले संस्थागत सुधारका प्रस्तावको प्रगति सम्बन्धित निकायसँग समन्वय गरी समीक्षा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । संसदीय सुनुवाइ समितिलाई कानुनबमोजिम प्रगति विवरण उपलब्ध गराउने तथा न्यायिक स्वतन्त्रता, गोपनीयता र व्यक्तिगत सूचनाको संरक्षण गर्ने उनको प्रतिबद्धता छ । प्रस्तुत कार्ययोजनामा न्यायलाई मुद्दाको संख्या र फैसला गर्ने गति मात्रैका आधारमा नभई गुणस्तर, समयबद्धता, निष्पक्षता र सेवाग्राहीले प्राप्त गर्ने वास्तविक न्यायका आधारमा मूल्याङ्कन गर्नुपर्ने अवधारणा अघि सारिएको छ । पाण्डेले सर्वोच्च अदालतमा मुद्दाको चाप र पुराना मुद्दाको अवस्थालाई पनि कार्ययोजनामा समेटेका छन् । उनका अनुसार सर्वोच्च अदालतमा २६ हजार ६९७ मुद्दा विचाराधीन छन् । तीमध्ये दुई वर्ष नाघेका ९ हजार ९४९ र पाँच वर्ष नाघेका १ हजार २५५ मुद्दा छन् । मुद्दाको चाप व्यवस्थापनका लागि अनावश्यक स्थगन नियन्त्रण, इजलासको प्रभावकारिता अभिवृद्धि र न्यायिक कामकारबाहीको नियमित समीक्षा आवश्यक रहेको उनको कार्ययोजनामा उल्लेख छ । त्यस्तै, न्याय सम्पादनमा गुणस्तर कायम गर्न नजिरको सुसङ्गत प्रयोग, पर्याप्त सुनुवाइ तथा स्पष्ट र कारणयुक्त फैसला आवश्यक रहेको उनले औँल्याएका छन् । न्यायपालिकाको सुधारमा न्यायाधीशको व्यक्तिगत भूमिका र संस्थागत जिम्मेवारीलाई पनि उनले अलग गरेका छन् । बजेट, जनशक्ति तथा न्यायिक प्रशासनसँग सम्बन्धित विषयमा सम्बन्धित निकायको अधिकार र जिम्मेवारी स्वीकार गर्दै न्यायाधीशले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने उनको दृष्टिकोण छ । सुनुवाइ समिति यो खबर....
worldAcademic Preview (45% Snippet)
न्यायिक स्वतन्त्रताका लागि काम गर्ने सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको प्रतिबद्धता
Intelligence Desk
Reported via WORLDNEWS | 2026-11-07
Reported via WORLDNEWS | 2026-11-07
END OF PREVIEW
Fair Use Notice: This platform operates as a non-commercial behavioral research lab. Content is truncated to ensure compliance with 17 U.S. Code § 107.
View Full Article
To support original journalism, please access the full report at the publisher's domain.
Continue to Source


